काठमाडौं। नेपाली महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हासिल गरेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली भुटानविरुद्ध २-० को सोझो सेटमा जित निकाल्यो। कमला पुन र मनिषा चौधरीको जोडीले भुटानलाई २१-५, २१-४ ले सहजै पाखा लगायो।
पहिलो खेलमा नेपालले उज्बेकिस्तानलाई २१-१७, २१-१५ ले पन्छाएको थियो। नेपाली टोलीले आज नै माल्दिभ्सको सामना गर्दैछ।