काठमाडौं। नेपाली पुरुष टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हासिल गरेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले उज्बेकिस्तानविरुद्ध २-० को सोझो सेटमा जित निकाल्यो।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शुक्रबारको पहिलो खेलमा घरेलु टोली भुटानलाई २१-१४, २१-१४ ले पाखा लगाएको थियो। दोस्रो खेलमा यही जोडीले उज्बेकिस्तानलाई २१-१५, २१-१४ ले पाखा लगायो।
बिहीबार भएको पहिलो खेलमा भने माल्दिभ्ससँग नेपाल १६-२१, १५-२१ ले पराजित भएको थियो। आज नै नेपालले ताजकिस्तानसँग खेल्ने छ।