काठमाडौं। नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा जित हासिल गरेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्कफ खेलमा नेपालले भुटानलाई २-० को सोझो सेटमा पराजित भएको हो।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पार्यो। पहिलो खेलमा भने यो जोडी माल्दिभ्ससँग २-० को सोझो सेटमा पराजित भएको हो।
नेपालले खेल १६-२१, १५-२१ ले गुमाएको थियो।