काठमाडौं। उपाधि दाबेदार भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो खेलमा मल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। अर्को खेलमा पहिलो जितको खोजिमा रहेका श्रीलंका र इरान आमुन्नेसामुन्ने हुँदैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेट भारतले २५–२० र २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, तेस्रो सेटमा भने इरानले उत्कृष्ट पुनरागमन गर्यो।
उक्त सेट १९–२५ ले गुमाएपछि। १४ अंकले पछि परिसकेको स्थितिमा इरानले लगातार ९ अंक जोड्दै स्कोर १८–२३ बनाएको थियो। त्यसपछि इरानले एक अंक जोड्यो भने भारतले दुई। यद्यपि, तेस्रो सेटमा सुरूवातदेखि नै कमजोर देखिएको इरानले २५–१० ले खेल गुमायो। भारत यही सनदार लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
माल्दिभ्सको भने जारी प्रतियोगितामा यो नै पहिलो खेल हो। अर्कोतर्फ पहिलो खेलमा नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको श्रीलंका पहिलो जितको खोजिमा कोर्ट उत्रिनेछ।
उपाधि जित्ने लक्ष्यसाथ काठमाडौं उत्रिएपनि श्रीलंकाले पहिलो खेलमा त्यस्तो दाबेदारी प्रस्तुत गर्ने खेल पस्किन सकेन। पहिलो सेट नेपालले २५–१९ ले सहजै जितेको थियो। दोस्रो सेट नेपालले २५–१८ ले जित्यो। एक समय ४–४ को स्थिमा रहेको नेपालले लगातार ६ अंक जोडेको थियो।
तेस्रो सेटमा श्रीलंकाले नेपाललाई अंक जोड्न केही संघर्ष गराएको थियो। तर, घरेलु समर्थकको बलियो साथ पाएको नेपालले ९–१७ ले पछि रहेको अवस्थामा लगातार अंक जोड्दै खेल २५–१९ ले आफ्नो पक्षमा पार्यो। भारतसँग पराजित भएको इरानलाई भने बिहीबार नेपाली समर्थकले खुलेरै समर्थन गरेका थिए। त्यसैले पनि इरान उच्च मनोबलसहित दबाबरहित भएर खेल्ने प्रयास गर्नेछ।