काठमाडौं। उपाधि दाबेदार भारतले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो र दोस्रो सेट भारतले २५-२० र २५-१८ ले आफ्नो पक्षमा पारेको थियो। तर, तेस्रो सेटमा इरानले पुनरागमन गर्दै १९-२५ ले खेल जित्यो। यद्यपि, तेस्रो सेटमा सुरूवातदेखि नै कमजोर देखिएको इरानले २५-१० ले खेल गुमायो।
भारतले दोस्रो खेल शनिबार घरेलु टोली नेपालसँग खेल्ने छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियोे। इरानले शनिबार नै माल्दिभ्ससँग खेल्ने छ।