बिच भलिबलमा मानबहादुर र दिलबहादुरको जोडी पराजित
बिहिबार, १७ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली पुरुष टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार भएको पहिलो खेलमा माल्दिभ्ससँग नेपाल २-० को सोझो सेटमा पराजित भएको हो।
नेपालले खेल १६-२१, १५-२१ ले गुमायो। पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले सहभागिता जनाएका छन्।







-1785743764437.jpeg&w=3840&q=75)


-1786693668924.webp&w=3840&q=75)




