काठमाडौं। नेपाली महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपालले उज्बेकिस्तानविरुद्ध २-० को सोझो सेटमा जित हासिल गरेको हो।
नेपालले २१-१७, २१-१५ ले खेल आफ्नो पक्षमा पार्यो। महिलातर्फ कमला पुन र मनिषा चौधरीले सहभागिता जनाएका छन्।