काठमाडौं। नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ को समूहचरणको पहिलो खेलमा फितलो प्रदर्शन गरेका छन्।
शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग उनी सहजै पराजित भएका हुन्। दुई सेट खेलका प्रिन्सले भिक्टरलाई चुनौती दिन सकेनन्। पहिलो सेट २१-८ ले गुमाए। दोस्रो सेटमा पनि उनी २१-६ ले पराजित भए।
समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ। उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग खेल्ने छन्। यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन्।
१६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन्।