बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रारम्भिक चरणमै स्यान्टुलाई बलियो प्रतिस्पर्धी

शुक्रबार, ११ श्रावण २०८१खेलपाटी संवाददाता
प्रारम्भिक चरणमै स्यान्टुलाई बलियो प्रतिस्पर्धी
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्ने भएका छ। 

गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए। उनले पुरुष एकलतर्फ वरीयतामा ८९औं स्थानमा रहेका डिएवसँग प्रतिस्पर्धा गर्न लागेका हुन्। स्यान्टु भने वरीयताविहीन छन्।

पुरुष एकलतर्फको टेबल टेनिसका खेल शनिबार हुनेछ। वरीयतामा पछि रहेका खेलाडीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन्। प्रारम्भिक चरणमा तीन खेल हुनेछ। यस चरणका विजेता अन्तिम ६४ मा प्रवेश गर्नेछन्। अन्तिम ६४ का खेल जुलाई २७ देखि अगस्ट ४ सम्म पेरिस एक्पो पोर्ट डे भर्सेल्समा हुनेछ।

स्यान्टु छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ खेल्ने एकमात्र नेपाली खेलाडी हुन्। समग्रमा भने उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन्। यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेक थिए। नेपाली टेबल टेनिस इतिहासमा भने ओलम्पिकमा छनोट हुने उनी पहिलो खेलाडी हुन्। ३२ वर्षीय इब्राहिम फ्रान्सको राजधानी पेरिसमै जन्मिएका हुन्। उनले फ्रान्सबाट जुनियरस्तरका प्रतियोगिता खेल्दै सन् २००८ को युरोपियन युथ च्याम्पियन पनि जितेका थिए।

तर, पछि उनी आफ्नो आमाको राष्ट्रबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन माली पुगेका थिए। यद्यपि, टेबल टेनिस महासंघ नहुँदा उनी सेनेगल पुगेका हुन्। उनको बाबुको जन्म सेनेगलमा भएको थियो। पछिल्लोपल्ट उनी सेनेगलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। गत मार्चमा घानामा आयोजना भएको १३औं अफ्रिकी खेलकुद प्रतियोगितामा उनले पुरुष एकलतर्फ रजत जितेका थिए। 

उनले यसअघि छनोट चरण पार गरेर टोकियो ओलम्पिक २०२० पनि खेलिसकेका छन्। उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो सेनेगली खेलाडीसमेत हुन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका