नेपालले तेस्रो स्थानमा चित्त बुझायाे
मंगलबार, ०८ श्रावण २०८१खेलपाटी संवाददाता
-1721437413.jpg&w=3840&q=75)
काठमाडौं। नेपाल काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो भएको छ।
माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएपछि नेपाल सेमिफाइनमा रोकिएको थियो।
त्यसपछि नेपालले आयोजक माल्दिभ्ससँग तेस्रो स्थानको लागि खेल्ने मौका पाएको थियो। तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
नेपालले पहिलो सेट २५-१५ ले जितेको थियो। दोस्रो सेट २५-१० र तेस्रो सेट २५-१४ ले जित्यो। पहिलो सेमिफाइनलमा श्रीलंकाले आयोजनक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।






-1773230362276.jpg&w=3840&q=75)





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


