सेमिफाइनलमै रोकियो नेपाल
मंगलबार, ०८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ।
माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
नेपालले १४-२५, २२-२५, १३-२५ ले सेट गुमायो । लिग चरणमा किर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेका थिए। लिग चरणमा पनि किर्गिस्तानसँग नेपाल ३-० को सेटमा पराजित भएको थियो ।
नेपालले अब तेस्रो स्थानका लागि माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा किर्गिस्तान र श्रीलंका भिड्ने छन् । पहिलो सेमिफाइनलमा श्रीलंकाले आयोजनक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।






-1773230362276.jpg&w=3840&q=75)





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


