काठमाडौं। नेपाल भलिबल संघले काभा यु-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।
माल्दिभ्सको मालेमा हुने प्रतियोगिता जुलाई १८ देखि २३ सम्म हुँदैछ। सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष भरतबहादुर शाहलगायतले टोलीलाई बिदाइ गरे।
नेपालले पहिलो पटक उमेरसमूह च्याम्पियनसिप खेल्न लागेको हो। प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ।
नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ। दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ।