काठमाडौं। इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहने आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष सुमन खड्गीले जनाएका छन्। सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा १ मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ। डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी रहन सक्ने छन्।
शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः ४० हजार, ३० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट २ खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ।
ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोगमा हुन लागेको एकदिने प्रतियोगिताका खेलहरु महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा खेलाइने छ। प्रतियोगिताको बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।