काठमाडौं। गण्डकी प्रदेशले सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फ फाइनलमा लुम्बिनीलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो।
पहिलो सेट २५-१५ ले जितेको गण्डकीले दोस्रो सेट २०-२५ लर् गुमाएको थियो। तर, त्यसपछिका दुई सेट २५-२० ले जित्दै गण्डकीले उपाधि उचालेको हो।