कोशीलाई हराउँदै गण्डकी तेस्रो
शनिबार, १५ असार २०८१खेलपाटी संवाददाता

तस्बिर : सुजल थापा
काठमाडौं। गण्डकी प्रदेशले सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-१६, दोस्रो १५-२२ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट २०-२५ ले गुमायो। त्यसपछिको सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै गण्डकी तेस्रो स्थान हासिल गर्न सफल भयो।
सेमिफाइनलमा लुम्बिनीसँग गण्डकी र बागमतीसँग कोशी प्रदेश पराजित भएका थिए।








-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)