काठमाडौं। लुम्बिनी प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै लुम्बिनी उपाधिनजिक पुगेको हो।
लुम्बिनीले २७-२५, २५-१२ र २५-२० को सेटमा सहज जित हासिल गर्यो।
लुम्बिनीले समूह चरणको सबै खेल जित्द शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो। गण्डकी भने समूह बी बाट उपविजेता रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
लुम्बिनीले उपाधिका लागि बागमती र कोशीबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। गण्डकीले तेस्रो स्थानको लागि दोस्रो खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।