काठमाडौं। प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगित आइतबार सुरु हुने भएको छ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ। महिलातर्फ मधेश, कोशी, कर्णाली र लुम्बिनी समूह ए तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम समूह बी मा रहेर प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ समूह ए मा मधेश,कर्णाली, बाग्मती र सुदूरपश्चिम तथा समूह बी मा लुम्बिनी, गण्डकी र कोशीले प्रतिस्पर्धा गर्नेछन् ।
सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिताको लक्ष्य ग्रासरुटस्तरदेखि नै भलिबल विकासमा रहेकाले सातै प्रदेशका महिला तथा पुरुष यू–१९ टिम सहभागी गराएको आयोजकले जनाएको छ ।
असार १५ सम्म चल्ने प्रतियोगिता विजेताका दुवैतर्फका विजेताले ३ लाख, २ लाख, १ लाख रूपैयाँ प्राप्त गर्नेछन् । दुवैका सर्वोकृष्टले जनही २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।