काठमाडौं। विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा तेस्रो स्थान हात पारेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३-२ को सेटमा पाखा लगाएको हो।
पहिलो सेट ३१-२९ ले जितेको पुलिसले त्यसपछिका दुई सेट १३-२५ र २२-२५ ले गुमाएको थियो। तर, चौथो र पाँचौं तथा निर्णायक सेट २५-२३ र १५-८ ले जित्दै पुलिस तेस्रो भयो।