एपिएफमाथि एभरेस्टको पुनरागमन जित
२०२४ जुन ६, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। अपराजित एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली एपिएफमाथि पुनरागमन जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बिहीबार सम्पन्न खेलमा दिनको दोस्रो खेलमा एभरेस्टले एपिएफलाई ३-२ को सेटले पराजित गरेको हो।
एभरेस्टले पहिलो र दोस्रो सेट २३-२५ र १३-२५ ले गुमाएको थियो। तर, त्यसपछिका तीन सेटमा २५-१७, २५-२१ र १५-८ ले जित्दै एभरेस्टले खेलमा पुनरागमन गर्यो।
एभरेस्टको यो चौथो जित हो। एपिएफको भने यो तेस्रो हार हो।