एनभिए भलिबल लिग : शीर्ष स्थानमा पुलिसको दुवै टोलीको दबदबा

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली नेपाल पुलिसले शीर्ष स्थानमा आफ्नो दबदबा कायमै राखेका छन्।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा पुरुषतर्फ अपराजित रहेको पुलिस शीर्ष स्थानमा रहेको छ। पाँच खेल खेलेको पुलिसको १४ अंक रहेको छ।
दोस्रो स्थानमा एक हार बेहोरेको विभागीय टोली त्रिभुवन आर्मी क्लब रहेको छ। आर्मीको पाँच खेलबाट १२ अंक रहेको छ। समान १२ अंक नै रहेपनि गण्डकी प्रदेश भलिबल एसोसिएसन तेस्रो र हेल्प नेपाल सेटमा पछि पर्दै चौथो स्थानमा रहेका छन्।
पाँचौं स्थानमा तीन अंक जोडेको सुदूरपश्चिम स्पोर्ट्स परिषद् रहेको छ भने छैटौं स्थानमा अर्को विभागीय टोली एपिएफ रहेको छ। चार हार बेहोरेको एपिएफको एक अंक रहेको छ।
बूढानीलकण्ठ र कोशी प्रदेश खेलकुद विकास बोर्ड अंकविहीन रहेका छन्। महिलातर्फ पनि नेपाल पुलिस शीर्ष स्थानमा रहेको छ। चार खेलमा अपराजित रहेको पुलिसको ११ अंक रहेको छ।
एक खेल कम खेलेको एभरेस्ट भलिबल क्लबको नवौ अंक रहेको छ। समान पाँच अंक भएपनि सेटको आधारमा विभागीय टोली एपिएफ तेस्रो र आर्मी चौथो स्थानमा छ। चार खेलमा दुई अंक जोडेको न्यू डायमन्ड पाँचौं स्थानमा रहँदा अंकविहीन कर्णाली खेलकुद विकास परिषद् पुछारमा छ।