काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा बिहीबार ६ खेल हुने भएका छन्।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा मंगलबार (सर्वाधिक ७ खेल) बाहेक अरू दिन समान ६ खेल भएका थिए।
प्रतियोगिताको छैटौं दिन महिलातर्फ पहिलो खेलमा न्यू डायमन्ड र कर्णाली खेलकुद विकास परिषद् भिड्ने छन्। यो खेल बिहान ८ बजे सुरु हुनेछ। यो खेल सकिएसँगै महिलातर्फ नै एभरेस्ट भलिबल क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफको सामना गर्ने छ।
महिलातर्फका दुई खेल सकिएसँगै पुरुषतर्फका खेल सुरु हुनेछ। १२ बजे हुने खेलमा विभागीय टोली एपिएफ र कोशी प्रदेश स्पोर्ट्स विकास बोर्ड भिड्ने छन्।
यो खेल सकिएसँगै हेल्प नेपाल र अर्को विभागीय टोली नेपाल पुलिस क्लब खेल्ने छन्। ४ बजे अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच खेल हुनेछ।
दिनको अन्तिम खेलमा सुदूरपश्चिम खेलकुद परिषद् र बूढानीलकण्ठ भलिबल क्लबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बेलुका ६ बजे सुरु हुनेछ।