काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले पहिलो हार बेहोरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न खेलमा हेल्प नेपाल गण्डकी प्रदेशसँग ३-२ को सेटमा पराजित भएको हो।
पहिलो सेट २५-२७ ले गण्डकीले जितेको थियो। तर, दोस्रो र तेस्रो सेट हेल्प नेपालले २५-२१ र ३०-२८ ले जित्यो। त्यसपछिका दुई सेट २१-२५ र ९-१५ ले गण्डकीले जित्यो।