एपिएफको पहिलो जित
२०२४ जुन ५, बुधबारखेलपाटी संवाददाता
काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न अन्तिम खेलमा एपिएफले बूढानीलकण्ठ स्पोर्ट्स क्लबलाई ३-१ सेटले पराजित गरेको हो।
पहिलो सेट २२-२५ एपिएफले गुमाएको थियो। तर, त्यसपछिका सेट एपिएफले २५-१४, २५-२० र २५-१६ ले जित्यो। बूढानीलकण्ठको यो लगातार चौथो हार हो।