सुदूरपश्चिमको पहिलो जित
२०२४ जुन ५, बुधबारखेलपाटी संवाददाता

काठमाडौं। सुदूरपश्चिम खेलकुद परिषद्ले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट १९-२५ ले गुमाएको सुदूरपश्चिमले त्यसपछिका तीन सेट जितेको थियो। दोस्रो सेट २५-२१ ले जितेको सुदूरपश्चिमले तेस्रो र चौथो सेट २५-२२ र २५-१६ ले आफ्नो पक्षमा बनायो।