विभागीय डर्बीसहित ६ खेल हुँदै

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा बुधबार विभागीय डर्बीसहित ६ खेल हुने भएका छन्।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबार, आइतबार र सोमबार महिला तथा पुरुषतर्फ ६/६ खेल भएका थिए। मंगलबार भने सर्वाधिक ७ खेल भएका थिए।
पाँचौं दिन पहिलो खेल महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र कोशी खेलकुद विकास परिषद् हुनेछ। यो खेल बिहान ८ बजे हुनेछ।
यो खेल सकिएसँगै महिलातर्फ नै चन्द्रगिरि नगरपालिका न्यू डायमन्ड र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फका यी दुई खेल सकिएसँगै चार खेल पुरुषतर्फ हुने छन्। दिउँसो १२ बजे सुदूरपश्चिम खेलकुद परिषद्बीच खेल हुनेछ।
२ बजे विभागीय डर्बीमा आर्मी र पुलिस भिड्ने छन्। यो खेल सकिएसँगै हेल्प नेपाल र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच खेल हुनेछ। बुधबारको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र बूढानीलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।