एभरेस्टसँग न्यूडायमन्ड पराजित
२०२४ जुन ४, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न खेलमा एभरेस्टले चन्द्रगिरि नगरपालिका न्यूडायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
एभरेस्टले २५-२१, २५-१९ र २५-१८ ले खेल आफ्नो पक्षमा पार्यो।