विभागीय डर्बीमा आर्मी विजयी
२०२४ जुन ३, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी विजयी भएको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न पाँचौँ खेलमा आर्मीले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
प्रतिस्पर्धातमक र केहि विवादित बनेको पहिलो सेटमा आर्मी २५-२२ ले विजयी भयो, दोस्रो सेटमा २५-२० तथा तेस्रो सेटमा आर्मी २५-२३ ले विजयी भयो।
जितसँगै आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।