एपिएफको लगातार दोस्रो जित
सोमबार, २१ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न दिनको पहिलो खेलमा एपीएफले कर्णाली खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
एपिएफले २५-७, २५-७ र २५-९ ले खेल जितेको हो। एपिएफले पहिलो खेलमा न्यू डाइमन्डलाई ३-२ को सेटमा पराजित गरेको थियो।






-1773230362276.jpg&w=3840&q=75)


-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)





