किङ्स कप भेट्रान्स भलिबलको उपाधि एपिएफलाई
२०२४ जुन २, आइतबारखेलपाटी संवाददाता

पोखरा। युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोलिले जितेको छ ।
पोखराको ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो ।
उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारे ।
सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै, उत्कृष्ट स्पाइकरबाट टेक बहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना ट्रफी र नगद राशीबाट पुरस्कृत भए ।