हेल्प नेपालको विजयी सुरुआत
२०२४ जुन १, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्डलाई ३-१ को सेटमा पराजित गरेको हो।
हेल्प नेपालले पहिलो र दोस्रो सेट २५-२० र २५-१२ ले जितेको थियो। तर, तेस्रो सेट भने २७-२९ ले गुमायो। यद्यपि, चौथो सेट २५-२२ ले जित्दै हेल्प नेपालले विजयी सुरुआत गर्यो।