बौद्धिकालीलाई उपाधि
२०२४ मे ३०, बिहिबारमनोज थापा (हिमालयन मनोज)
बेनी। बौद्धिकाली गाउँपालिकाले प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
पुरुषतर्फको फाइनलमा गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै बौद्धिकालीले उपाधि जितेको हो।
बौद्धिकालीले पहिलो सेट १५–२५ ले गुमाएको थियो । तर, दोस्रो र तेस्रो सेट २५–१५ र २५–२३ ले जिते। तेस्रो सेट भने २२–२५ ले गुमायो। यद्यपि फाइनल सेट भने १५–१२ ले जित्दै बौद्धिकालीले उपाधि जित्यो।
अर्को खेलमा रंघुगंगा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै बेनी नगरपालिका तेस्रो भयो। पहिलो र दोस्रो सेट बेनीले २७–२५ र २५–१८ ले जितेको थियो। तर, तेस्रो सेट १८–२५ ले गुमायो। चौथो सेट भने २५–१७ ले जित्यो।
पुरूषतर्फ बौद्धिकाली हिमाल सुनारी म्यान अफ द टुनामेन्ट भए। महिलातर्फ धादिकी गंगा गुरू भइन्। उनीहरूले ५/५ हजार पाए।