प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि धादिङलाई
२०२४ मे ३०, बिहिबारखेलपाटी संवाददाता
बेनी। मालिका स्पोर्ट्स क्लबलाई पराजित गर्दै धादिङ स्पोर्ट्स क्लबले प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
बेनीको खुल्ला मञ्चमा बिहीबार सम्पन्न महिलातर्फको फाइनलमा मालिका लाई ३–० को सोझो सेटमा पराजित गर्दै धादिङले उपाधि उचालेको हो। धादिङले २५-२१, २५-२२ र २९-२७ ले सेट जितेको थियो।
धादिङले सेमिफाइनलमा म्याग्दी भलिबल टिमलाई र मालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
उपाधिसँगै धादिङले ८० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता मालिकाले ४० हजारमा चित्त बुझायो। तेस्रो स्थानका लागि भएको खेलमा भने बागलुङले म्याग्दीलाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा गर्यो। बागलुङले २० हजार र सान्त्वना बनेको म्याग्दीले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।