बेनी । धादिङ स्पोर्ट्स क्लब प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
बेनीको खुल्ला मञ्चमा बुधबार सम्पन्न महिलातर्फको खेलमा धादिङले क्वार्टरफाइनलमा पर्वतलाई ३–१ को सेटमा पराजित गर्यो ।
पहिलो सेटमा २५–२२ को जित हासिल गरेको धादिङले दोस्रो सेट भने १८–२५ ले गुमाएको थियो । तर, त्यसपछिका दुई सेट १५–१७ र २५–२३ ले जित्दै धादिङ सेमिफाइनलमा पुगेको थियो ।
बुधबार नै सम्पन्न सेमिफाइनलमा धादिङले म्याग्दी भलिबल टिमलाई २५–२०, २५–१७ र २५–१७ ले जित्यो । अर्को खेलमा भने बागलुङ नगरपालिकाले म्याग्दी जुनियर टिमलाई क्वार्टरफाइनलमा ३–२ को सेटमा पराजित गर्यो ।
पहिलो सेट बागलुङले पहिलो सेट २२–२५ ले गुमाएको थियो । तर, दोस्रो सेटमा भने २५–२० ले जित्दै बागलुङले पुनरागमन ग¥यो । तेस्रो सेट भने २१–२५ ले गुमाएको बागलुङले चौथो सेट २५–१७ ले जित्दै ३–२ को स्थितिमा ल्याएको थियो ।
अन्तिम तथा निर्णायक सेटमा पनि बागलुङ हाबी भयो र १५–१३ ले जित्दै सेमिफाइनलमा स्थान बनायो । सेमिफाइनलको खेल बुधबार नै हुने तय थियो । तर, बागलुङ र मालिका युवा क्लबबीचको खेल खराब मौसमका कारण स्थिगित गरिएको थियो ।
पुरुषतर्फको उपाधि विजेताले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। द्वितीयले एक लाख २० र तृतीयले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महिलातर्फ प्रथम हुने टोलीले ८० हजार, द्वितीयले ४० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।