गलकोट र बौद्धिकाली फाइनलमा
बेनी । गलकोट र बौद्धिकाली प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बौद्धिकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।
पहिलो खेलमा गलकोट गाउँपालिकाले बेनी नगरपालिकालाई २५–१६, २५–२१ र २५–२२ को सेटमा पराजित गर्यो ।
दोस्रो सेमिफाइनल खेलमा बौद्धिकाली गाउँपालिकाले रंघुगंगा गाउँपालिकालाई २५–१७, २५–१८ र २५–२३ को सेटमा पराजित गर्यो ।
पुरुषतर्फको उपाधि विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। द्वितीयले १ लाख २० र तृतीयले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
महिलातर्फ प्रथम हुने टोलीले ८० हजार, द्वितीयले ४० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
प्रतियोगितामा गण्डकी प्रदेशभित्रका पालिकाले सहभागिता जनाएको आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।