प्रथम म्याग्दी युवा कप: क्वार्टरफाइनलका खेल सम्पन्न
२०२४ मे २८, मङ्गलबारमनोज थापा (हिमालयन मनोज)
बेनी। बेनी नगरपालिका ९, गलकोट गाउँपालिका, बौद्धिकाली गाउँपालिका र रंघुगंगा गाउँपालिका प्रथम म्याग्दी युवा कप– २०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
बेनीको खुल्ला मञ्चमा मंगलबार सम्पन्न खेलमा बेनीले धौलागिरी गाउँपालिकालाई ३–० को सेटमा पराजित गर्यो।
बेनीले २५–१३, २५–२३ र २५–२० ले खेल जित्यो। अर्को खलमा बौद्धिकालीले बेनी नगरपालिका ५ लाई ३–१ को सेटमा पराजित गर्यो।
पहिलो र दोस्रो सेट बौद्धिकालीले २५–१७ र २५–१७ ले जितेको थियो। तर, तेस्रो सेट १९–२५ ले गुमायो। चौथो सेट भने बौद्धिकालीले २५–१९ ले जित्यो।
अन्य खेलमा गलकोट गाउँपालिका र मालिका गाउँपालिकालाई र रंघुगंगा गाउँपालिका र जलजला मल्लाजलाई समान ३–१ को सेटमा परािजत गर्यो।