मालिका र जलजला मल्लाज क्वार्टरफाइनलमा
1716883720.jpg&w=3840&q=75)
बेनी। मालिका र जलजला मल्लाज गाउँपालिका प्रथम म्याग्दी युवा कप-२०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
बेनीको खुल्ला मञ्चमा मंगलबार सम्पन्न खेलमा मालिकाले जैमिनी गाउँपालिकालाई ३-२ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-२२ ले जितेको मालिकाले दोस्रो सेट २५-२३ ले गुमाएको थियो। तेस्रो सेट २५-२३ ले जित्दै खेलमा पुनरागमन गरेको मालिकाले चौथो सेट २५-२१ ले गुमाएको थियो।
अन्तिम तथा निर्णायक सेटमा भने मालिकाले १५-१३ को जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।
अर्को खेलमा जलजलाले काठे खोलालाई ३-१ को सेटमा पराजित गर्यो। पहिलो सेट २५-१६ ले गुमाएको जलजलाले दोस्रो, तेस्रो र चौथो सेट २५-२०, २५-१८, २७-२५ ले जितेको थियो।
अब क्वार्टरफाइनलमा बेनी नगरपालिका ९ र धौलागिरी गाउँपालिका, बौद्धिकाली गाउँपालिका र बेनी नगरपालिका, गलकोट गाउँपालिका र मालिका गाउँपालिका तथा रंघुगंगा गाउँपालिका र जलजला मल्लाज भिड्ने छन्।