शनिबार, ३० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लबस्तरीय भलिबल : लिग चरणका ७ खेल सम्पन्न

बिहिबार, ०३ जेठ २०८१खेलपाटी संवाददाता
क्लबस्तरीय भलिबल : लिग चरणका ७ खेल सम्पन्न
Loading ad...
mustang rice ad

पोखरा। प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका ७ खेल सम्पन्न भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो।

पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जीभीपी युके लन्डनले लगातार दोस्रो जित दर्ता गरेका छन्। 

बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जीभीपी युके लन्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्‍यो। जीभीपी युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको अन्नपूर्णले १ अंक जोड्यो।  

दोस्रो खेलमा समूह ‘ए’मा रहेको फ्रेन्डस् यूथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित गर्‍यो। फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको मादीले १ अंक जोड्न सफल भयो। 

तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ्रे गुराँसे भूमि घाचोकले शान्तिदेवी यूथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भयो। घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित गर्‍यो। 

चौथो खेलमा समूह ‘बी’मा रहेको जीभीपी युके लन्डनले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्यो। जीभीपीले माछापुच्छ्रे–२ लाई २५–१४ र २५–१९ ले पराजित गर्‍यो। लगातार २ खेल जितेको जीभीपी समूह‘बी’को ५ अंकसहित शीर्ष स्थानमा रहेको छ। 

पाँचौँ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ्रे गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भयो। माछापुच्छ्रे गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित गर्‍यो। पहिलो खेलमा १ अंक जोडेको माछापुच्छ्रेले दोस्रो खेलमा ३ जोड्न सफल भयो। माछापुच्छ्रे गाउँपालिका भलिबल संघ ४ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ। 

छैटौँ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ। जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित गर्‍यो। समूह ‘ए’ मा रहेको जनकल्याण ५ अंकसहित शीर्षस्थानमा रहेको छ। 

सातौँ खेलमा शान्तिदेवी यूथ क्लब शिशाघाटले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित गर्‍यो। शिशाघाटले माछापुच्छ्रे गाउँपालिका–२ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको माछापुच्छ्रे गाउँपालिका–२ ले १ अंक जोड्यो। 

अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गुराँसे भूमि घाचोकबीचको आठौँ खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ। ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको छ। सहभागी ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। दुई समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

बंगलादेश बलियो अवस्थामा

बंगलादेश बलियो अवस्थामा

 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत