क्लबस्तरीय भलिबल : लिग चरणका ७ खेल सम्पन्न

पोखरा। प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका ७ खेल सम्पन्न भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो।
पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जीभीपी युके लन्डनले लगातार दोस्रो जित दर्ता गरेका छन्।
बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जीभीपी युके लन्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्यो। जीभीपी युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको अन्नपूर्णले १ अंक जोड्यो।
दोस्रो खेलमा समूह ‘ए’मा रहेको फ्रेन्डस् यूथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित गर्यो। फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको मादीले १ अंक जोड्न सफल भयो।
तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ्रे गुराँसे भूमि घाचोकले शान्तिदेवी यूथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भयो। घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित गर्यो।
चौथो खेलमा समूह ‘बी’मा रहेको जीभीपी युके लन्डनले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्यो। जीभीपीले माछापुच्छ्रे–२ लाई २५–१४ र २५–१९ ले पराजित गर्यो। लगातार २ खेल जितेको जीभीपी समूह‘बी’को ५ अंकसहित शीर्ष स्थानमा रहेको छ।
पाँचौँ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ्रे गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भयो। माछापुच्छ्रे गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित गर्यो। पहिलो खेलमा १ अंक जोडेको माछापुच्छ्रेले दोस्रो खेलमा ३ जोड्न सफल भयो। माछापुच्छ्रे गाउँपालिका भलिबल संघ ४ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ।
छैटौँ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ। जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित गर्यो। समूह ‘ए’ मा रहेको जनकल्याण ५ अंकसहित शीर्षस्थानमा रहेको छ।
सातौँ खेलमा शान्तिदेवी यूथ क्लब शिशाघाटले माछापुच्छ्रे गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित गर्यो। शिशाघाटले माछापुच्छ्रे गाउँपालिका–२ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अंक जोड्दा पराजित भएको माछापुच्छ्रे गाउँपालिका–२ ले १ अंक जोड्यो।
अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गुराँसे भूमि घाचोकबीचको आठौँ खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ। ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको छ। सहभागी ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। दुई समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्।