शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘बाँकी समय ओलम्पिकको तयारीका लागि भरपुर उपयोग गर्नू’

सोमबार, ३१ बैशाख २०८१खेलपाटी संवाददाता
‘बाँकी समय ओलम्पिकको तयारीका लागि भरपुर उपयोग गर्नू’
Loading ad...
mustang rice ad

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी बाँकी समय तयारीका लागि भरपुर उपयोग गर्न बताएका छन्।

सदस्य–सचिव घिसिङले सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पेरिस ओलम्पिकका वाइल्ड कार्डमार्फत छनोट भएका प्रिन्सलाई भेट गरी सो सुझाव दिएका हुन्।

‘पेरिस ओलम्पिकका लागि छनोट हुनुभएकोमा हार्दिक बधाई। अब वाइल्ड कार्डका लागि खेल्न नपरेपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भने टुट्नु हुँदैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सहभागिता भन्दैमा जुनसुकै प्रतियोगिता खेल्ने पनि होइन। आफूभन्दा वरीयतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन संघको ध्यानाकर्षण गराउन चाहन्छु। अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिले झन् राम्रो। तयारीका लागि परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुनेछैन।’

सदस्य–सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षकलाई नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने के गर्दा उपयुक्त हुन्छ त्यसको समन्वय गर्न संघलाई निर्देशन दिँदै हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक पनि सँगै जाने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए।

भेटकै दौरान सदस्य–सचिव घिसिङले प्रिन्सलाई आवश्यक पर्ने खेल सामाग्रीका विषयमा सोध्दै प्रिन्सले माग गरेको खेल सामाग्री सोमबारै राखेपले उपलब्ध गराएको छ।

प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी पनि थपिएको महसुस गरेको प्रतिक्रिया दिए। प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुने छन्।

भेटका अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनको पनि उपस्थिति रहेको थियो। अध्यक्ष श्रेष्ठले प्रिन्सलाई वाइल्ड कार्ड दिलाउन संघले पनि धेरै मिहिनेत गरेको बताए।

प्रिन्स हाल विश्व वरीयतामा १ सय ७९ औँ स्थानमा छन्। जुनिअर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा पनि थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !