शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
  4. /
  5. नरेन्द्र र पुष्पालाई कर्णाली हाफ म्याराथनको उपाधि 

नरेन्द्र र पुष्पालाई कर्णाली हाफ म्याराथनको उपाधि 

२०२४ मे ११, शनिबारखेलपाटी संवाददाता

नरेन्द्र र पुष्पालाई कर्णाली हाफ म्याराथनको उपाधि 

काठमाडौं । पहिलो संस्करणको कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।

शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१ दशमलव ०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् । त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् ।

पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरी दोस्रो र तेस्रो भए । त्यस्तै महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी दोस्रो र तेस्रो भए । 

शीर्ष तीन खेलाडीलाई क्रमशः जनही ५५ हजार, ३० हजार र २० हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत भए । 

हाफ म्याराथन ४५ बर्ष माथि उमेर समुहमा काठमाडौंका धर्म महर्जन एक घण्टा २२ मिनेट, काठमाडौंकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्ड र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डमा दुरी पुरा गरी पहिलो, दोस्रो र तेस्रो भए । शीर्ष तीन जनालाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।

विद्यालयस्तरी पाँच किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक, सुर्खेतकै रमेश बुढा र मुगुका नमराज बानिया तथा छात्रातर्फ सुर्खेतका बिमला कार्की, सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री र कालिकोटकी लक्ष्मी शाही क्रमश पहिलो दोस्रो र तेस्रो भए । 

विद्यालय स्तरीय दौडका शीर्ष तीनलाई जनही दश हजार, सात हजार र पाँच हजार नगदले पुरस्कृत गरिएको छ । पाँच किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ बर्षका बालक प्रेम बस्नेतले समेत दौड पुरा गरेका थिए । उनलाई आयोजकले दुई हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव बिश्वमित्र सन्ज्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

स्थानीय घण्टाघर चोकबाट सुरु भएको दौड कालिन्चोक खजुरा हुँदै राजमार्गको बाटोमा धुलियाबिट पुगेर त्यहाँबाट सिर्ध बांगेसिमल चोक पुगी पुनः सोही रुटबाट मंगलगढी चोक हुँदै वीरेन्द्र चोकबाट सभागृह गेट हुँदै घण्टाघर पुगेपछि हाफ म्याराथन पुरा भएको थियो । 

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथनको पहिलो संस्करण आयोजना भएको हो । 

कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रत्येक वर्ष ५ लाख रुपैयाँ न्युनतम आयोजना खर्च दिने गरि हाफ म्याराथनको सुरुवात गरेको हो । सञ्चालनको जिम्मेवारी पाउने संस्थाले बाँकी स्रोतको आफैले ब्यवस्थापन गर्ने गरि कर्णाली प्रदेशमा म्याराथनको नयाँ प्रतियोगिताको सुरुवात भएको छ । 
 

#कर्णाली हाफ म्याराथन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता

कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता

Bhat Bhateni
अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले