काठमाडौँ। प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला यू–१९ भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ।
नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा पुरुष/महिलामा ७ प्रदेशबाट समान ७/७ टिम सहभागी हुने छन्।
पुरुष/महिला दुवैमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधार खेल खेलाइने छ। पुरुष/महिला दुवैमा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्।
सर्वोत्कृष्ट खेलाडीलाई २५/२५ हजार नगद पुरस्कार प्रदान गरिने छ। विधागत उत्कृष्टले समान १०/१० हजार नगद पुरस्कार पाउने छन्।