आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

कहिल्यै नथाक्ने एथलेटिक्सकी इन्द्रा

आइतबार, २३ बैशाख २०८१खेलपाटी संवाददाता
कहिल्यै नथाक्ने एथलेटिक्सकी इन्द्रा
Loading ad...
mustang rice ad

पोखरा। एथलेटिक्सकी इन्द्राकुमारी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रूपमा परिचित छिन्। हुन पनि ४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी इन्द्रा अहिले पनि त्यसैका लागि अहोरात्र खटिन्छिन्।

महिला चुलो चौकामा सीमित हुने समयमा खेलकुदमा स्वर्णिम अक्षरले नाम लेखाउने इन्द्रा त्यस समयकी ज्योति हुन्। घरबाट बाहिर निस्किदा कुरा काट्ने समयमा पनि पुरुष सरह खेलेर गर्विलो इतिहास बनाएकी उनी खेलकुद क्षेत्रकी एक्ली बृहस्पति हुन् भन्दा फरक नपर्ला।

वि.सं.२०२४ सालमा भारतको अम्बला केन्ट पन्जाबमा बुबा स्व.टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिएकी इन्द्रा सानैदेखि खेलकुदप्रति रुचि राख्थिन्। लाहुरे बुबाका कारण भारतमै कक्षा ७ सम्म अध्ययन गरेकी उनी विद्यालय स्तरीय प्रतियोगिताहरूमा भाग लिइरहन्थिन्।

कक्षा ८ अध्ययन गर्न भने उनी आफ्नो पुर्ख्यौली थलो स्याङ्जा पुतली बजार फर्किइन् र त्यहीँको कोल्मा वराह माविमा अध्ययन गर्न थालिन्। त्यहाँ पनि उनी विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरूमा भाग लिइरहन्थिन्।

इन्द्राको बुबा स्वर्गीय टीकाबहादुर मल्ल भारतीय पल्टनमा काम गर्थे। उनी बक्सिङका नामुद खेलाडी थिए। इन्द्राका बुबा मात्र होइन मामा यामबहादुर शाही पनि बक्सिङका खेलाडी थिए। तीनै बुबा र मामाको प्रेरणामा इन्द्राले क्याम्पस जीवनमा पनि खेलकुदलाई निरन्तरता दिइन्।

उनी एथलेटिक्ससहित भलिबल, बास्केटबल, टेबल टेनिसलगायतका खेलहरू खेल्थिन्। तर विशेष रुचि भने एथलेटिक्समै थियो। खास गरेर उनी एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सधैँ प्रथम हुन्थिन्। पछि १ हजार ५ सय मिटर, ३ हजार मिटर, ५ हजार मिटर र १० हजार मिटरको धाविका बनिन्।

जीवन नै खेलकुदका लागि समर्पित गरेकी इन्द्राले धेरै पटक खेलकुदका लागि त्याग गरेकी छन्। उनले खेलकुदकै लागि कहिले पढाई त्यागिन् त कहिले स्थायी जागिर। वि.स.२०५६ सालतिर इन्द्रा एम.एड.अध्ययन गरिरहेकी थिइन्। त्यहिबेला उनलाई भारतमा नेसनल इन्स्टिच्युट अफ स्पोर्टस् (एनआईएस)मा डिप्लोमा गर्ने अवसर आयो। पढाई र खेल मध्ये एक रोज्नुपर्ने बेलामा उनले किञ्चित नसोची खेलकुद रोजिन्।

त्यति मात्र होइन उनले शिक्षिकाको स्थायी जागिर छाडेर खेलकुद राजेको इतिहास छ। २०४० सालदेखि अस्थायी र २०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो। तर यसमा पनि उनले दोधार नभई खेलकुद नै रोजिन्।

खेलकुदमा लागेर उनले धेरै पाएकी छन्। नाम, दामसँगै इज्जत पनि पाएकी छन्। इन्द्रा मल्ल कसैले चिन्छ भने त्यो खेलकुदले नै दिएको हो। खेलकुदबाहेक अर्को केही नसोचेकी उनलाई खेलकुदमा राजनीति भएर अवसरबाट वञ्चित गराइँदा भने दुःख लाग्छ।

जापानको टोकियोमा भएको ३२ औँ ओलम्पिकमा उनी एथलेटिक्सको कोच बनेर जाने पक्का भयो। ओलम्पिक कमिटीले नाम पनि पठायो। तर कोभिड जाँच्दा पोजेटिभ आयो। बिरामी नै नभएको उनको कोभिड पोजेटिभ आएपछि उनी तीन छक्क परिन्। त्यसपछि उनी फरकफरक अस्पतालमा जाँच्न गइन्।

तर त्यो अस्पतालबाहेक अन्य अस्पतालमा जँचाउँदा कोभिड पोजेटिभ आएन। त्यही बहानामा उनलाई रोकेर अर्कैलाई ओलम्पिकमा पठाइयो। त्यसपछि मात्र षडयन्त्रपूर्ण ढंगबाट रोकेको उनले चाल पाइन्। त्यसपछि भने उनलाई खेलकुदमा फर्किन मन लागेन। तर मन कहाँ मान्थ्यो र ? खेलकुदलाई नै जीवन मानेकी उनी मनले नमान्दानमान्दै खेलकुदमा फर्किइन्।

त्यस्ता उदाहरणहरू धेरै छन्। पदकको आशा गरेर प्रशिक्षण लिएकी उनले कति पटक त प्रतियोगितामै भाग लिन पाइनन्। तेस्रो साफका लागि उनी वाल्किङ १० किलोमिटरमा प्रथम हुँदै नेपालबाट छनौट भएकी थिइन्। तर दुर्भाग्य भन्नुपर्छ अन्तिम समयमा आएर सो स्पर्धा क्यान्सिल भयो। त्यही प्रतियोगिताका लागि भनेर झन्डै १० महिना प्रशिक्षण लिएकी उनी सहभागी हुन नपाएपछि निराश भइन्।

हुन त उनी १ हजार ५ सय मिटर, ३ हजार र १० हजार मिटरको दौडकी धाविका पनि हुन्। तर अफिसियलले उनलाई सो स्पर्धाका लागि लगेनन् बरु उनको सट्टा मेनुका राउतलाई लगियो।

सानो दुरीकी धाविका मेनुकाले त्यस बेला ३ हजार मिटर दौडमा सिल्भर मेडल जितिन्। मेनुका भन्दा कयौँ गुणा अब्बल उनी आफू भएको भए त्यस बेला त्यो भन्दा ठूलो मेडल जित्न सक्ने आकलन गर्दै थकथकाउँछिन्।

आफ्नो समयकी उम्दा खेलाडी इन्द्राले कयौँ दर्जनौँ पदक जितेकी छन् भने राष्ट्रिय रेकर्डहरू कायम गरेकी छन्। चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औँ राष्ट्रिय च्याम्पियनसिपमा पनि प्रथम स्थान हासिल गरिन्।

३० औँ राष्ट्रिय च्याम्पियनसिपमा हाल्फ म्याराथनमा रजत पदक, १० किलोमिटर वाल्किङमा स्वर्ण जितेकी उनले दोस्रो र तेस्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पियनसिपमा गोल्ड मेडल जितेकी छन्। २६ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले २७ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण, २८ औँ राष्ट्रिय खेलकुदको १० किलोमिटर वाल्किङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन्।

त्यसबाहेक उनले भारतमा भएको आठौँ एशियन ट्याक एन्ड फिल्ड च्याम्पियनसिपको १० किलोमिटर वाल्किङमा सातौँ,  ५१ औँ सिंगापुर ओपन च्याम्पियनसिपको पाँच किलोमिटर वाल्किङमा चौथो, क्यानडामा भएको सेकेन्ड वर्ल्ड जुनिअर ट्याक एन्ड फिल्ड च्याम्पियनसिपको ५ किलोमिटर वाल्किङमा २३ औँ स्थान र सिंगापुरमै भएको दोस्रो एशियन जुनिहर ट्याक एन्ड फिल्ड च्याम्पियनसिपको ५ किलोमिटर वाल्किङमा चौथो स्थान हासिल गरेकी छन्।

त्यस्तै उनले सन १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रूपमा नाम लेखाएकी इन्द्राले द हिमालयन माउन्टेन बाइक च्याम्पियनसिपमा पनि पहिलो नेपाली खेलाडीका रूपमा नाम दर्ज गराइन्। त्यति मात्र होइन उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडी पनि हुन्।

खेलकुदमा जीवन समर्पित गर्दा विवाहबारे सोच्नै भुलेकी इन्द्रा अहिले पोखरा–५ मालेपाटनमा बस्छिन्। खेलकुदसँगै विवाह भयो भन्ने गरेकी इन्द्रा दैनिक रूपमा ५ बजे उठ्छिन्।

उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने उनी अहिले पनि दैनिक रंगशाला पुग्छिन्। त्यहाँ चेला चेलीलाई केहिबेर सिकाउँछिन् र आफ्नो फिटनेसका लागि पनि समय खर्चिन्छिन्। फुर्सद मिल्ने बित्तिकै रंगशाला आउने उनी बेलुका ४ बजेदेखि ६ बजेको समय पनि प्रायः रंगशालामै बिताउँछिन्।

मल्ललाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए। 

मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान अर्पण गरिनेछ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता