पोखरा। भूपुभलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरू भएको छ। पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरूको प्रतियोगितामा भएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडाअध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनुपर्ने बताए। उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए।
पोखरा २३ मा धेरै मात्रामा सार्वजनिक जग्गा भएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए। प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता र उपविजेताले खसी उपहार पाउने छन्।