महिला हक्कीको सेमिफाइनल समीकरण पूरा

धुलिखेल। छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
आइतबार भएको खेलमा आर्मी समूह 'ए' को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। आर्मीले फाइनल प्रवेशका लागि मधेश प्रदेशको सामना गर्ने छ। त्यस्तै, समूह 'बी'को विजेता बनेको सुदूरपश्चिमले गण्डकी प्रदेशसँग खेल्ने छ।
प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनलका दुई खेलहरू हुनेछन्। सोमबार हुने पहिलो सेमिफाइनलमा आर्मी र मधेशले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने छन्।
प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। प्रतियोगिताको विजेता ले १ लाख पाउँदा उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने छन्।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)


