काठमाडौँ। बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ।
विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन्। प्रशिक्षकमा सुशील गुरुङ छन्।
बुधबारदेखि शुरू भइसकेको प्रतियोगिता एक साता चल्ने छ। नेपालको खेल भने शुक्रबारदेखि शुरू हुनेछ।