भलिबलकी पुनमलाई स्पेसल अवार्ड
बुधबार, बैशाख १२, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। भलिबल खेलाडी पुनम चन्द स्पेसल अवार्डबाट सम्मानित भएकी छन्। पुनमलाई आफ्नो खेल कौशल र महिला भलिबलको क्षेत्रमा पुर्याएको योगदान भावी खेलाडीका लागि पनि अनुकरणीय हुने भन्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बुधबार सम्मान गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले पुनमलाई ५० हजार नगदसहित ट्रफी प्रदान गरी सम्मान गरे।
पुनमले २०७६ साउन ३२ देखि भदौ ८ गतेसम्म बंगलादेशको ढाकामा सम्पन्न प्रथम एभीसी एशियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
यस्तै, २०७६ मंसिर १५ देखि २४ गतेसम्म नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक रजत र गत वर्ष नेपालमा आयोजना भएको तेस्रो एभीसी एशियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक दिलाउन योगदान गरेकी थिइन्।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
