गोरखा। आयोजक गोरखासहित चार टोली गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ क्वार्टफाइनलमा प्रवेश गरेका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका सोमबार सम्पन्न समूह चरणको खेलमा जित हासिल गर्दै चार टोली सेमिफाइनलमा पुगेका हुन्।
समूह ‘ख’ को खेलमा लमजुङलाई पराजित गर्दै बागलुङ अन्तिम ८ मा पुगेको छ। समूह विजेता बनेको बागलुङले लमजुङलाई २-० को सोझो सेटमा पराजित गर्यो। बागलुङले दुई सेटमा २५-१७ र २५-१४ जित निकाल्यो।
यस्तै, समूह ‘घ’ को विजेता बन्दै पर्वत क्वार्टरफाइनलमा पुगेको छ। पर्वतले समूह चरणमा गोरखालाई २-० ले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो। पर्वतले दुई सेट २५-१२ र २५-१७ ले गोरखालाई पराजित गर्यो।
यस्तै, समूह ‘क’ को उपविजेता बन्दै लमजुङ पनि अन्तिम ८ मा पुगेको छ। यस्तै, समूह ‘घ’ को उपविजेता बन्दै गोरखा पनि अन्तिम ८ मा पुगेको छ। समूह ‘क’ र ‘घ’ मा दुई/दुई टोली भएको कारण पराजित भएपनि लमजुङ र गोरखा पनि अन्तिम ८ मा पुगेका हुन्।