गोरखा। गोरखामा गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।
२०७२ साल वैशाख १२ को महाभूकम्पको स्मृति तथा श्रद्धाञ्जली र खेलको माध्यमले पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा हुने छ। आयोजकका अनुसार प्रतियोगिताको विजेता (पुरुष तथा महिला) एक लाख रुपैयाँ प्राप्त गर्ने छ।
उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट स्पाइकर, सेटर, रिसिभर, सर्भर र डिफेन्डरले ५ हजार प्राप्त गर्ने छन्।
यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउने छन्।
.jpg)
.jpg)