हाप्किडोमा नुवाकोट च्याम्पियन
आइतबार, ०९ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि नुवाकोट जिल्लाले जितेको छ।
नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा आयोजना भएको च्याम्पियनसिपमा आयोजकले उपाधि जितेको हो।
यसैगरी, प्युठान जिल्लाले दोस्रो र कास्की जिल्लाले तेस्रो उपाधि जितेको छ। च्याम्पियनसिपमा पुरुषतर्फका नुवाकोटका बिवेक गुरुङ तथा महिलामा कास्कीकी ईमा थापामगर उत्कृष्ट खेलाडी भए।
पुरुषतर्फ नुवाकोटका रमेश तामाङ र महिलामा नुवाकोटकै मन्जु गुरुङ उदीयमान खेलाडी भए। नुवाकोटका राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)
