शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पलेसा र कविराज वर्षका उत्कृष्ट

शनिबार, ०८ बैशाख २०८१खेलपाटी संवाददाता
पलेसा र कविराज वर्षका उत्कृष्ट
Loading ad...
mustang rice ad

काठाडौँ। छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन्। 

नेपाल तेक्वान्दो संघले आठौँ वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको  हो। शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। उनीहरुलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गरेका थिए।

चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन्। पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन्। 

गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एशियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जितेकी थिइन्। ओलम्पिकमा दुई खेल जित्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन्।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन्।

यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित  भए। उनलाई १५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो। यस्तै, उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट क्रमशः चितवन र बागमती प्रदेशलाई २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो।

यसैगरी एनटीए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई २५ हजार रुपैयाँसहित सम्मान गरियो।

यस्तै, एनटीए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो। संघका केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र मधेस प्रदेश तेक्वान्दो संघ प्रसंशापत्रबाट सम्मानित भए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक