भलिबलमा लुम्बिनी र बागमतीलाई उपाधि
बिहिबार, ०६ बैशाख २०८१खेलपाटी संवाददाता
काठमाडौँ। १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन्। लुम्बिनी छात्र तथा बागमती छात्रामा पहिलो भएका हुन्। विजेता दुवै टोलीले गण्डकीलाई पराजित गरे।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५–१७, २५–१४, १९–२५ र २५–१९ ले पराजित गर्यो। कर्णाली तेस्रो भयो।
छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५–१३, २५–१४ र २५–१४ को सोझो सेटमा हरायो। लुम्बिनी तेस्रो स्थानमा रह्यो।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
